Admission Open

ad place

गत आव भन्दा ३३ अर्ब बढी राजश्व संकलन

पर्सा : नेपाल कै मुख्य प्रवेशद्वार र प्रमुख व्यपारिक नाका वीरगन्जबाट नेपालका लागि हुने विभिन्न बस्तुको आयात निर्यातामा सुधार भएसंगै यसको सकारात्मक प्रभाव राजश्व संकलनमा देखिएको छ ।

कोरोना संक्रमणको दरमा आएको कमीसंगै मुलुक भित्रको उद्योग व्यपारले गति लिएपछि यसको सकरात्मक प्रभाव उक्त कार्यालयको राजश्व संकलनमा देखिएको हो ।

वीरगन्ज नाका प्रयोग गरी नेपालका लागि हुने विभिन्न बस्तुको आयात तथा निर्यातमा सुधार भएपछि गत आर्थिक वर्षको साउनदेखि माघ महिना सम्ममा सङ्कलित राजश्वको तुलनामा चालु आवको सोही अवधिमा ३८ प्रतिशत बढी राजश्व संकलन भएको छ ।

गत आर्थिक वर्षको ७ महिनामा रु ८८ अर्ब ५० करोड ४८ लाख राजश्व संकलन भएकामा चालु आवको सोही अवधिमा रु एक खर्ब २१ अर्ब ७२ करोड ८४ लाख राजश्व संकलन गर्न वीरगन्ज भन्सार सफल भएको छ । योग गत आवको संकलित राजश्वको भन्दा रु ३३ अर्ब २२ करोड ३६ लाख बढी हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...