काठमाडौं : पछिल्लो २४ घण्टामा एक हजार ३३८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा नौ लाख ५१ हजार ३९४ संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको सङ्ख्या १२ हजार २४४ रहेको छ । जसमध्ये ११ हजार ७५४ सक्रिय संक्रमित होम आइसोलेशनमा छन् । ४९० संस्थागत आइसोलेशनमा छन् । उनीहरूमध्ये १३६ जनाको आइसीयु र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
यस अवधिमा थप २६२ मा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार ५७२ पिसीआर परीक्षण गर्दा २२९ जना र तीन हजार २४३ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ जना गरी २६२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कूल सङ्ख्या ११ लाख १४ हजार १५६ पुगेको छ । यस अवधिमा चार जनाको मृत्यु भएसँगै नेपाल कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९२१ पुगेको छ ।