Admission Open

ad place

‘नेपाली काँग्रेसको संक्षिप्त इतिहास’ सार्वजनिक

काठमाण्डौ, ५ फागुन : ‘नेपाली काँग्रेसको संक्षिप्त इतिहास’ नामक पुस्तक सार्वजनिक भएको छ ।

काठमाडौंमा बिहीबार एक कार्यक्रमका बीच प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीद्वारा लिखित सो पुस्तकको विमोचन गरेका हुन् ।

पुस्तकमा नेपाली काँग्रेसको इतिहास र २००७ सालमा राणाबिरोधी आन्दोलनलाई सफलता दिलाउन सहयोग गरेका व्यक्तित्वहरुबारे चर्चा गरिएको छ । लेखक केसीले पुस्तकभित्र आफूले २६/२७  वर्षयता स्वदेश तथा विदेशमा नेपाली काँग्रेसबारे उठाइएका खुल्दुलीलाई समेट्ने प्रयत्न गरेको पनि जानकारी दिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...