Admission Open

ad place

म्यानचेस्टर सिटीको सानदार जित

पहिलो हाफमै चार गोल गरेको सिटीले दोस्रो हाफमा एक गोल मात्र थप्यो ।

काठमाडौँ,फागुण : युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा इंग्लिस क्लब म्यानचेष्टर सिटीले पोर्चुगिज क्लब स्पोर्टिङ  लिसबनमाथि ५-० ले जित निकाल्दै क्वाटरफाइनल सम्भावना बलियो बनाएको छ।

स्पोर्टिङको मैदानमा भएको खेलमा सिटीले गोलको वर्षा गर्‍यो । पहिलो हाफमै चार गोल गरेको सिटीले दोस्रो हाफमा एक गोल मात्र थप्यो ।

सिटीको फराकिलो जितमा बर्नाडो सिल्भाले दुई तथा रियाद महारेज, फिल फोडेन र रहिम स्टर्लिङले समान एक गोल गरेका थिए।

अवे खेलमा सिटीले २०१६-१७ को सिजनपछि यति फराकिलो जित निकालेको पहिलो पटक हो।

यो सानदार अवे जितसँगै सिटीले क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । अब दोस्रो लेग सिटीको मैदानमा ९ मार्चमा हुनेछ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...