Admission Open

ad place

नेपालमा कोरोना संक्रमण दर दिनहुँ घट्दै : ६,६५४ जनाको परीक्षणमा ८३६ मा संक्रमण पुष्टि

काठमाडौं, २९ माघ : नेपालमा दिनहँ कोरोना संक्रमण घट्दै जान थालेको छ । पछिल्लो २४ घण्टामा ८ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन गरी ६ हजार ६५४ जनाको परीक्षण गरिएकोमा ८ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमूक्त भई घर फर्कनेको संख्या १ हजार ८२६ जना रहेको छ। यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ३४ हजार ६४८ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आजसम्मको तथ्यांकमा नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ९ हजार ९५० पुगेको छ पनि मन्त्रालयले जनाएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...