Admission Open

ad place

कोरोना विशेष : संक्रमणमुक्त २ हजार २१५; सक्रिय संक्रमित २७ हजार ४४१; नयाँ संक्रमित १ हजार १२८; मृत्यु १४

काठमाडौं, २८ माघ : नेपालमा गएको २४ घण्टामा १ हजार १२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १७ हजार ४४७ पीसीआर परीक्षणमा जम्मा ६६६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै तीन हजार ५४२ एन्टिजेन परीक्षणमा ४६२ जना गरी कुल ११२८ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ ।
त्यस्तै २ हजार २१५ जना कोरोना संक्रमणमुक्त भएको देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ४४१ जना रहेको पनि मन्त्रालयले जनाएको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...