Admission Open

ad place

पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव कायमै : देशका केही ठाउँमा पानी पर्ने र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं, २७ माघ : मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव कायमै छ । पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभावले आज पनि देशका केही ठाउँमा पानी पर्ने र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

बिहान सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी भुभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भुभागमा आंशिक बदली छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भुभागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ ।

राति प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

शुक्रबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...