काठमाडौं २४ माघ :सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको स्रोतले बताएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो ।
आइतबार बसेको तीन दलको बैठकमा प्रधानमन्त्री देउवाले अबको मन्त्रिपरिषद्को बैठकबाट स्थानीय निर्वाचनको मिति घोषणा गर्ने जानकारी गराएका थिए ।