Admission Open

ad place

प्युठानमा जीप दुर्घटना, ६ जनाको मृत्यु, बेहुलासहित ७ जना घाइते

प्युठान, २२ माघ : प्युठानमा शनिबार बिहान ३ बजे बेहुली लिएर फर्कँदै गरेको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुखका अनुसार दुर्घटनामा ६ जनाको ज्यान गएको छ । मृतक पहिचान खुल्न सकेको छैन । बेहुलासहित सात जना घाइते भएका छन् ।

घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएको जनाईएको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...