Admission Open

ad place

विद्यालय सञ्चालनबारे सिंहदरबारमा छलफल हुँदै

काठमाडौंः कोरोना भाई्स (कोभिड १९) ले लामो समय बन्द रहेर खुलेका विद्यालयहरु फेरि कोरोना भाई्सको तेस्रो भेरियन्ट ओमिक्रोन अनियन्त्रित रुपले फैलिएसँगै बन्द रहेका छन् । त्यसरी बन्द रहेका विद्यालयहरु खुलाउने बारे सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा प्याब्सनका प्रतिनिधि, शिक्षा मन्त्रालयका प्रवक्ता र सीसीएमसीका प्रतिनिधिबीच छलफल सुरु भएको छ।

TVS_Golden key

यसअघि प्याब्सनका प्रतिनिधिले शिक्षामन्त्री देवेन्द्र पौडेललाई भेटेर माघ २३ गतेपछि विद्यालय खोल्न पाउनुपर्ने माग राखेका थिए । ओमिक्रोन अनियन्त्रित रुपले फैलिएसँगै सरकारले विद्यालय बन्द गराएको थियो ।

त्यस्तै सरकारले माघ २३ गतेसम्म सम्बन्धित विद्यालयमै विशेष खोप अभियान पनि चलाइरहेको छ । छलफलमा प्याब्सनले खोप अभियानपछि भौतिक रुपमै विद्यालय सञ्चालन गर्नुपर्ने माग गरेको बुझिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...