Admission Open

ad place

नेपालमा गत २४ घण्टामा ३ हजार १७५ जनामा कोरोना संक्रमण पुष्टि, १४ जनाको निधन

काठमाडौं, २० माघ : नेपालमा गत २४ घण्टामा ३ हजार १७५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १० हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७४२ जना र २ हजार ५७९ जनाको एन्टीजेन परीक्षण गर्दा ४३३ जना गरी ३ हजार १७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हाल देशभरमा ६३ हजार २९६ सक्रिय संक्रमित छन् भने ८ हजार ७२३ जना संक्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...