काठमाडौँ, १९ माघ : नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २२०५ पिसिआर परीक्षणबाट र १४३२ एन्टिजेन गरी जम्मा ११ हजार ५८२ जनाको परीक्षण गरिएकोमा ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
त्यस्तै पछिल्लो २४ घन्टामा ७५५५ जना कोरोना संक्रमित संक्रमणमुक्त भई घर फर्किएका छन भने संक्रमणबाट १२ जनाको निधन भएको छ।
त्यसैगरी हाल देशभर ६९ हजार २९१ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ।