काठमाडौं, १६ माघ : शहीद दिवसको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको लैनचौरस्थित शहीद स्तम्भमा माल्यार्पण गरेका हुन् । काठमाडौं महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री, राजनीतिक दलका नेता, सरकारी कर्मचारी, सुरक्षाकर्मी लगायत सहभागी थिए ।