Admission Open

ad place

नेपालमा आज एकैदिन कोरोना संक्रमणबाट १५ जनाको निधन

[ थप ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि ]

काठमाडौं, १३ माघ : नेपालमा कोरोना संक्रमणका कारण आज एकै दिन (२४ घण्टा भित्रमा) १५ जनाको मृत्यु भएको छ । गएको २४ घण्टामा ८ हजार १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २०१ जना गरी ८ हजार १७ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको हो ।
गएको २४ घण्टामा ५ हजार २९२ जना कोरोना संक्रमणबाट मुक्त भई घर फर्किएका छन् । त्यसैगरी हाल देशभरमा ९० हजार ५७६ सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

 

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...