Admission Open

ad place

जाजरकोटमा ४४ कोरोना सङ्क्रमित     

जाजरकोट : जिल्लामा कोरोनाबाट १२ जना सङ्क्रमित भएका छन् । मङ्गलबार स्वास्थ्य सेवा कार्यालयको प्रयोगशालामा १९ जनाकोे स्वाब परीक्षण गरिएको स्वास्थ्य सेवा कार्यालयका फोकल पर्सन कृष्णबहादुर खत्रीले जानकारी दिनुभयो ।

स्वास्थ्य सेवा कार्यालयमा मात्र सक्रिय सङ्क्रमितको सङ्ख्या ४४ पुगेको खत्रीले बताउनुभयो । सङ्क्रमितको सङ्ख्या बढ्ने खत्रीको भनाइ छ । केही महिना कोरोना सङ्क्रमित शून्य रहेको जाजरकोटमा तेस्रो लहर फैलिएपछि सङ्क्रमणदर बढेको हो । दोस्रो लहरमा दुई हजार जनामा सङ्क्रमण देखिएको थियो भने १७ जनाको ज्यान गएको थियो । परीक्षण दायरा बढाउनुपर्ने जाजरकोट अस्पतालका डा औसरसिंह राठौरले बताउनुभयो । मङ्गलबारदेखि बुस्टर डोज दिन सुरु गरिएको छ । पहिलो दिन ३५ जनाले सो खोप लगाएका छन् ।

टिप्पणिहरु
Loading...