Admission Open

ad place

व्यास नगरपालिकामा माघ ११ देखि १४ गतेसम्म अत्यावश्यकबाहेकका अन्य सेवा बन्द

तनहुँ, ११ माघ  : व्यास नगरपालिका कार्यालयले माघ ११ देखि माघ १४ गतेसम्म अत्यावश्यकबाहेकका अन्य सेवा बन्द हुने जनाएको छ । नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने, उपप्रमुख मीरा जोशीसहितका कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि अत्यावश्यकबाहेक अन्य सेवा बन्द गरेको हो ।

माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनको सिलसिलामा मतदाताको कोभिड–१९ को अनिवार्य पिसीआर परीक्षण गर्नुपर्ने परिपत्र भएको थियो । निर्वाचन आयोगको परिपत्रअनुसार स्वास्थ्य परीक्षण गर्दा नगरप्रमुख, उपप्रमुखसहितका कर्मचारीमा कोरोना पोजेटिभ देखिएको हो । नगरपालिकाले चार दिनका लागि अत्यावश्यकबाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरेको व्यास नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...