ललितपुर, १० माघ : ललितपुर महानगरपालिकाले आजदेखि अत्यावश्यकबाहेका सबै सेवा बन्द गरेको छ । कर्मचारीहरुमा कोरोना भाइरसको संक्रमण बढेपछि महानगरले उक्त कदम चालेको महानगरले जारी गरेको विज्ञप्तिमा जनाईएको छ । महानगरले विज्ञप्तिमा जारी गर्दै संक्रमित कर्मचारी उपचार एवं होमआइसोलेसनमा रहेकाले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्नु परेको जनाएको छ ।
आगामी शुक्रबारसम्मका लागि अत्यावश्यकबाहेका सेवा बन्द गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । स्वास्थ्य सेवा, दमकल, शववाहन, एम्बुलेन्स, सरसफाई र नगर प्रहरी भने सञ्चालनमा रहनेछन् विज्ञप्तिमा उल्लेख छ ।