Admission Open

ad place

नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ७ माघ : नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २३ हजार ९२ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १८ हजार ६१८ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ८ हजार ८१५ जना र ४ हजार ४७४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १० लाख ०६ हजार ५९१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ७ सय ६६ जना निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...