
काठमाडौं, ७ माघ : सरकारी कार्यालय लगायत सार्वजनिक स्थानहरुमा जाँदा कोरोना विरुद्धको खोप लगाएको प्रमाण स्वरुप खोप कार्ड देखाउनुपर्ने नियम आजदेखि लागू भएको छ ।
काठमाडौँ उपत्यका (काठमाडौँ, भक्तपुर र ललितपुर) का जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको आदेशअनुसार आजदेखि सरकारी कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदिमा जाँदा खोप कार्ड बोक्नुपर्ने छ ।
खोपकार्ड साथमा नभएमा खोपकार्डको फोटो मोबाइलमा देखाए पनि हुने भनिएको छ । सबै निकायहरुले खोप कार्ड हरेर मात्र आगन्तुकलाई प्रवेश गर्न दिनुपर्ने जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको आदेशमा उल्लेख गरिएकोछ ।
कोरोनाको तेस्रो भेरियण्ट ओमिक्रोनको संक्रमण ब्यापकरुपमा बढ्दै गएपछि काठमाडौं उपत्यकामा आजै राति १२ बजेदेखि निजी र सार्वजनिक सवारी साधनहरुमा जोरबिजोर प्रणाली लागू गरिएको छ ।


