Admission Open

ad place

नेपालमा आजसम्मकै धेरै संख्यामा कोरोना संक्रमण पुष्टि, संक्रमणबाट चारजनाकाे मृत्यु

[ लक्षण देखिएकालाई सरकारी अस्पतालमा निःशुल्क परीक्षण गरिने ]

काठमाडौं, ५ माघ : नेपालमा पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार १० हजार भन्दा धेरैमा देखिएको थियो । पछिल्ला दिनमा संक्रमणदर ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट २३ हजार ४०९ नमूना परीक्षण गर्दा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार गत २४ घण्टामा १८ हजार ७८ नमूनाको पीसीआर र ५ हजार ३३१ नमूनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

पीसीआर परीक्षणबाट ९ हजार ५०२ र एन्टिजेन परीक्षणबाट १ हजार ८५० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ६२८ पुगेको मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा ६१३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

सरकारले कोरोना संक्रमणको लक्षण भएकालाई निःशुल्क परिक्षण गर्ने व्यवस्था मिलाएको छ । यदि अन्य प्रयोजनका लागि परिक्षण गर्नु परेमा सरकारी अस्पतालमा ८०० रुपैयाँ लाग्ने छ । यस भन्दा अगाडी निजि अस्पतालले बढिमा २ हजार रुपैयाँसम्म लिन पाउने व्यवस्थालाई घटाएर १५ रुपैयाँ रुपैयाँ मात्रै लिन पाउने व्यवस्था गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...