Admission Open

ad place

ओमिक्रोन त्रास : आजदेखि काठमाण्डौँ उपत्यकामा नयाँ नियम

[ सार्वजनिक यातायातमा चढ्दा अनिवार्य मास्क लगाउनु पर्ने, गोष्ठी, सेमिनार, समीक्षा बैठकजस्ता क्रियाकलाप भर्चुअल माध्यमबाट गर्नुपर्ने ]

काठमाडौं, ५ माघ : पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमणदर भयावह बन्न थालेपछि काठमाडौं उपत्यकामा मंगलबार राति १२ बजेदेखि लागू हुने गरी थप कडाइ गरिँदैछ ।

आजदेखि उपत्यकामा सभा जुलुश गर्न, भीड जम्मा गरेर नारावाजी गर्न प्रतिवन्ध गरिएको छ । सार्वजनिक स्थलमा पनि भीडभाड गर्न पनि बन्देज लगाईएको छ । उपत्यकाका तीनै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) प्रशासन कार्यालयले मंगलबार नै २७ बुँदे नयाँ आदेश जारी गरी विभिन्न प्रतिबन्ध लगाएका हुन्।

तीन वटै जिल्ला प्रशासन कार्यलयले दिएको निर्देशन अनुसार अबदेखि माघ मसान्तसम्म आमसभा, भेला, जुलुस गर्न पाइने छैन। गोष्ठी, सेमिनार, समीक्षा बैठकजस्ता क्रियाकलाप भर्चुअल माध्यमबाट गर्नुपर्नेछ।

सार्वजनिक यातायातमा चढ्दा अनिवार्य मास्क लगाउनु पर्नेछ, गाडीमा सिट क्षमता भन्दा बढी यात्रु राख्न पाईने छैन ।

त्यसैगरी माघ ७ गतेदेखि सार्वजनिक सेवा लिँदा खोपकार्ड अनिवार्य गरिएको छ । बार, जिम, सिनेमा हल, रात्री क्लब जस्ता व्यवशायहरु पनि बन्द गरिएको छ । देशभर दैनिक १० हजारमाथि संक्रमित थपिँदा त्यसको झण्डै आधा संक्रमित उपत्यकामा मात्रै भेटिएकोले थप सतर्कता अपनाउन भनिएको छ ।

जारी आदेशअनुसार माघ मसान्तसम्म आमसभा, भेला, जुलुस गर्न पाइने छैन। गोष्ठी, सेमिनार, समीक्षा बैठकजस्ता क्रियाकलाप भर्चुअल माध्यमबाट गर्नुपर्नेछ।

यस्तै, भौतिक रूपमा उपस्थित गराउनु परेमा जनस्वास्थ्यका मापदण्ड पालना गरी २५ जना मात्र र माघ ७ गतेपछि खोपको पूरा मात्रा लगाएका व्यक्तिलाई मात्रै सहभागी गराउन पाइनेछ।

यसैगरी, सिनेमा हल, डान्सबार, जिमखाना, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब स्वीमिङ पुल, फुटसल, पटके हाटबजार माघ १५ गतेसम्म सञ्चालन गर्न पाइने छैन।

टिप्पणिहरु
Loading...