Admission Open

ad place

नेपाल क्लियरिङ हाउस सञ्चालकमा गुरुङ र श्रेष्ठ चयन

काठमाडौं : नेपाल क्लियरिङ हाउस लिमिटेडको सञ्चालकमा मुक्तिनाथ विकास बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र रिलायन्स फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत समाजप्रकाश श्रेष्ठ चयन भएका छन् ।

बुधबार सम्पन्न दसौं वार्षिक साधारणसभाबाट गुरुङ र श्रेष्ठ सर्वसम्मत सञ्चालक चयन भएका हुन् ।

नेपाल क्लियरिङ हाउसका सञ्चालकहरु मध्ये गुरुङले विकास बैंकको र श्रेष्ठले फाइनान्स कम्पनीहरुको प्रतिनिधित्व गरेका छन् ।

अन्य ४ सहित अब नेपाल क्लियरिङ हाउसका सञ्चालकहरु ६ जना पुगेका छन् ।

टिप्पणिहरु
Loading...