Admission Open

ad place

पि.भि.सी. पाइप : एक सामान्य परिचय

काठमाडौँ : पोलिभिनाइल क्लोराइड (PVC) विश्वमा सबैभन्दा धेरै प्रयोग हुने प्लास्टिकको प्रकार मध्य एक हो । यो विश्वमै तेश्रो सबैभन्दा बढी उत्पादन हुने सिन्थेटिक प्लास्टिक पनि हो । बहु–उपयोगी प्रकृतिको कारण यसलाई औद्योगिक, प्राविधिक लगायत दैनिक घरायसि प्रयोजनको लागि व्यापक रुपमा प्रयोग गन्छि । त्यस्तै सबैभन्दा धेरै प्रयोग हुने एउटा क्षेत्र पाइपिङ र प्लम्बिङ पनि हो ।

पि.भि.सी. पाइप मुख्य रुपमा ढल निकास र सिँचाइ प्रयोजनको लागि प्रयोग गरिन्छ । कडा बनावटको हुने भएकोले बाहिरी वातावरणले यसलाई खासै असर गर्दैन र रासायनिक र क्षारिय पदार्थहरुले पनि यसलाई बिगार्न सक्दैनन् । बनावट कडा भए तापनि तामा अथवा फलामको पाइपको तुलनामा यो अलिक बढी लचिलो हुन्छ जसले गर्दा जडान कार्य सजिलो हुन गइ सहज रुपमा निर्माण सम्पन्न हुन्छ । त्यसैले यो प्रायः जसो भान्छा कोठाको बेसिन, शौचालय आदिमा साथै भित्री तथा बाहिरी प्लम्बिङको लागि पनि प्रयोग गरिन्छ । त्यस्तै पानीको मुख्य सप्लाई पाइप, हाइ प्रेसर पाइपिङ, र पानी जमेको ठाउँँमा पनि यसको उपयोग गरिन्छ । यसको घनत्व अन्य प्लास्टिक पाइपहरु भन्दा बढी हुन्छ । पि.भि.सी. पाइप बजारमा सजिलै उपलब्ध छ र मुल्य पनि आकर्षक हुनुको साथै टिकाउ र मजबुत पनि हुन्छ ।

आधुनिक प्रविधिको प्रयोगसँगै पुरानो पि.भि.सी. पाइपको तुलनामा अहिलेको पि.भि.सी. पाइप धेरै नै टिकाउ हुन्छ । धातुको प्रयोग नहुने हुनाले खिया लाग्ने समस्या हुँदैन । तामा र फलामको पाइपको तुलनामा यो पाइपलाई मर्मत सम्भारको आवश्यकता खासै पर्दैन र हलुका तौलको हुने भएकोले यिनीहरु ओसारपसार प्रयोग गर्न पनि सजिलो हुन्छ ।

पि.भि.सी. पाइपका फाईदाहरु

# खिया नलाग्ने
# हानिकारक रसायनको प्रयोग नभएको
# अन्य पाइपको तुलनामा कम पानी जम्ने समस्या
# जडान गर्न अत्यन्तै सजिलो
# उचित मुल्य
# नचुहिने
# अत्यधिक टिकाउ
# भित्री सतह समतल भएकोले तीब्र पानीको बहाव

नेपालकै सबैभन्दा ठूलो प्रयोगशाला भएको मंगलम् इन्डस्ट्रिजले यसलाई बजारमा ल्याएको छ । मंगलम्को हरेक उत्पादनहरु उच्च गुणस्तरीय जापानीज कच्चा पदार्थबाट अत्याधुनिक प्रविधिको प्रयोग गरी बनाइन्छन् । मंगलम्को पि.भि.सि.पाइप प्लम्बिङ पेशामा लागेका अनुभवी पेशाकर्मीहरुको साथै घरधनीहरु र निर्माण व्यवसायीहरुको पहिलो र विश्वसनीय रोजाइ हो । बजारमा मंगलम्को पि.भि.सि.पाइपहरु २० मि.मि.देखि २५० मि.मि.को साइजमा उपलब्ध छन् । यिनीहरु ISO र नेपाल गुणस्तर मान्यता प्राप्त छन् ।

टिप्पणिहरु
Loading...