Admission Open

ad place

मोतीलाल दुगडको ७५औं जन्मदिनमा ६६६ जनाद्वारा रक्तदान

६३ जनाको आँखाको निःशुल्क शल्यक्रिया

काठमाडौं : एम भी. दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगड़को ७५औंं जन्मदिन सामाजिक कार्य गरी मनाइएको छ । उनको जन्मदिन मनाउने क्रममा ग्रुप अन्तर्गतका देशभरका शाखा कार्यालयहरुमा विविध कार्यक्रम गरिएको छ । विभिन्न ठाउँमा आयोजना भएको रक्तदान कार्यक्रममा ६ सय ६६ युनिट रगगत संकलन भएको पि.आर हेड विमला थापाले जानकारी दिइन् । जन्मोत्सवकै पूर्व सन्ध्यामा सोलुखुम्बु र रामेछाप जिल्लामा एम.भी.दुगडको आयोजनामा आँखा परीक्षणको निःशुल्क शिविर सम्पन्न भएको छ । ६ दिनसम्म चलेको शिविरमा विभिन्न ६ स्थानहरुमा आयोजित शिविरबाट ९ सय ५० जना लाभान्वित भएका छन् ।

जसमध्ये ६० जनाको मोतियाबिन्दुको र ३ जनाको आँखामा मासु पलाएकाहरुको सफल शल्यक्रिया गरिएको छ । केही अशक्त विरामीहरुलाई स्वयम एम भी. दुगड़ ग्रुपका कर्मचारीहरुले नै घरैबाट लाने र पु¥याउने सुविधा सेवा प्रदान गरेका थिए । अध्यक्ष दुगड आफैपनि उक्त शिविरमा सहभागी भएका थिए । दुगडका सम्पूर्ण कर्मचारीहरुले देशव्यापी रुपमै वृहत वृक्षरोपण कार्यक्रमको पनि आयोजना गरेका थिए ।

जसबाट नेपाल भरीको हाम्रा शाखाहरुबाट २७३५ वटा विरुवाहरु आँप, केरा, लिचि, अम्वा, अमला, असोका, तेजपत्ता, निम, पिपल, कपुर, मेवा, धुपी, मलेसियन साल, अनार, सरिफा, रुद्रक्ष, सपाटु लगायतका अन्य वोट विरुवाहरु विभिन्न सार्वजनिक ठाउँहरु, स्कुल, मन्दिर परिसर, रोडहरुको छेउमा, काठमाडौं र हेटौडा औद्योगिक क्षेत्र परिसर भित्र, डोलेश्वर महादेव र सम्पूर्ण एम .भि दुगड.को शाखाहरुमा पहिलो चरणको वृक्षरोपन गरिएको थियो र यस लगतै दोस्रो चरणको वृक्षारोपन पनि छिटै आयोजना हुदैछ र सोही रोपीएका वृक्षहरुको सहि हेरचाहको पनि जिम्मा एम भि. दुगड परिवारलेनै लिएका छन् ।

जन्मोत्सवकै पूर्व सन्ध्यामा विरगंजमा अवस्थित मानव सेवा आश्रमका ६४ जना बृद्धाहरुलाई विरगन्ज अवस्थित एम भि.दुगडपरिवारले खाना खुवाएका थिए । यसै गरी उपाध्यक्ष श्री वीवेक दुगडले बुबाको जन्मउत्सवमा सामूहीक पार्टी, भोज भत्तेरलाई निरुत्साहित गर्दै,  उच्च शिक्षा अध्यन पूरा गर्ने सपना बोकेका तर आर्थिक स्थितिले अधुरा ती सपनालाई साकार पार्न २५ जना विद्यार्थीहरुको उच्च शिक्षा अध्ययनका लागि छात्रावृतिको घोषणा पनि गरेका थिए ।

यसरी सामुहिक भोजलाई निरुत्साहित गर्दै अध्यक्ष दुगडको प्रथम चरणको जन्म उत्सवमा सामाजीक तथा वातावरणीय दाईत्वलाई वहन गरी सुरक्षित तवरले देशव्यापी रुपमा मनाइएको थियो र यस्ता कार्यक्रम वर्ष भरीनै गरीै रहने प्रतिबद्धता एम भी.दुगड परिवारबाट गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...