Admission Open

ad place

नेपालमा आज एकै दिन झण्डै हजारको संख्यामा कोरोना संक्रमण, ९६८ जनामा पुष्टि

काठमाडौं, २३ पुस नेपालमा गएको २४ घण्टामा ९६८ जनामा कोरोना भाइरस स‌ंक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी १४ हजार ९७१ परीक्षणमा ९६८ जनामा संक्रमण पुष्टि भएको हो ।

शुक्रबार ५४० जनामा संक्रमण पुष्टि भएकामा एकै दिन संक्रमितको संख्या ४०० भन्दा बढी थपिएका छन्।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय ४१ रहेको पनि मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा २८४, ललितपुरमा ६२, मोरङमा २९, भक्तपुरमा २३, चितवनमा २०, दाङमा १५, कास्कीमा १३, धनुषामा १०, सुनसरीमा ९, काभ्रे र कैलालीमा ८र८ जनामा संक्रमण पुष्टि भएको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...