Admission Open

आज पनि वर्षा र हिमपातकाे सम्भावना

काठमाडौं, २१ पुस : आज पनि दिउँसो देशशभर बदली  रहने माैसम पूर्वानुमान महाशाखाले आँकलन गरेकाे छ ।  सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका  उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ । ती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि छ ।

राति पनि सुदूरपश्चिम, कर्णाली र गण्डकीमा वर्षा र हिमतपात हुनसक्ने आँकलन गरिएकाे छ ।

बिहीबार देशका पहाडी भूभागमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

शुक्रबार प्रदेश १ र प्रदेश २ मा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रहने महाशाखाकाे आँकलन छ ।  प्रदेश १ र २ का एक-दुई स्थानमा वर्षा पनि हुनेछ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

 

टिप्पणिहरु
Loading...