
काठमाडौँ, १९ पुस : आज बिहानदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरुको बैठक सकिएको छ । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको बैठकले आगामी १२ माघमा हुने राष्ट्रिय सभाको निर्वाचनमा सिट संख्या बाँडफाँट गरी भागबण्डा लगाएर बैठक सकेका छन् ।
आगामी २० फागुनदेखि खाली हुने राष्ट्रिय सभा सदस्यको पदमा जुन पार्टीको खाली हुने हो सोही पार्टीको उम्मेदवारलाई गठबन्धनले सघाउने निर्णय गरेर बैठक सकिएको स्रोतले बताएको छ।