Admission Open

आज घट्यो सुन र चाँदीको मूल्य

काठमाडौं : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेर ९३ हजार १ सय रुपैयाँ मा आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९३ हजार ४ सय रुपैयामा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ, जसको मूल्य आइतबार प्रतितोला ९२ हजार ९ सय रुपैयाँ तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला पाँचले घटेर रु एक हजार २६५ मा आएको महासङ्घले जनाएको छ । चाँदी आइतबार प्रतितोला रु एक हजार २७० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार ८२४ डलर आसपास कारोबार भइरहेको छ ।

टिप्पणिहरु
Loading...