Admission Open

नासा र जाम नेपालबीच रोड सेफ्टी सम्बन्धी अन्तरक्रिया

काठमाडौं : नेशनल एलायन्स फर सेफ एन्ड सस्टेनेबल मोबिलिटी (नासा फाउन्डेशन नेपाल) र अटो पत्रकार संघ (जाम) बीच अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

सडक दुर्घटना न्युनीकरणमा केन्द्रित भएर कार्यक्रममा छलफल गरिएको थियो । उक्त अवसरमा बोल्दै अटो पत्रकार संघका अध्यक्ष उज्ज्वलजंग शाहले नासाले अहिलेसम्म गरेको रिसर्चलाई संचार माध्यमबाट स्थान दिने र नासासँग सहकार्य गर्ने बताए ।

सो अवसरमा नासा फाउन्डेसनको तर्फबाट जाम नेपालको नवगठित कार्यसमितिलाई बधाई ज्ञापन गरिएको छ । मोटर स्पोर्ट्स सम्बन्धी अन्तर्राष्ट्रिय संस्था एफआइएको अधिवेशनमा नेपालबाट प्रतिनिधित्व गरी रिजन २ बाट नयाँ कार्यसमितिमा निर्वाचित भएका गोविन्द भट्टराईलाई जाम नेपालको तर्फबाट बधाई ज्ञापन गरिएको छ ।

नासाका सल्लाहकार गोविन्द भट्टराईले रोड सेफ्टीमा अन्तर्राष्ट्रिय अवस्था र नेपालको अवस्थाको बारेमा जानकारी गराएका थिए । अटो पत्रकार संघका महासचिव सागर गजुरेलले भए गरेका कामहरु बन्द कोठामा मात्र सीमित राख्न नहुने र त्यस्ता कामहरु सञ्चार माध्यमबाट ल्याउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै प्रोफेसर भगवती सेढाईले रोड सेफ्टीमा सबैले चासो दिनुपर्ने बताइन् । दुई पाँग्रे सवारीमा हेलमेटको सही प्रयोग अनिवार्य रहेको उनको भनाइ छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...