Admission Open

ad place

सोलुखोला दुधकोशी आयोजना परीक्षणका क्रममा पाइप पड्किँदा दुई इन्जिनियरको मृत्यु, एक घाइते

 

सोलुखुम्बु : सोलुखुम्बुमा निर्माणाधीन सोलुखोला दुधकोशी जलविद्युत आयोजना परीक्षण गर्ने क्रममा पाइप बिस्फोट भएर दुई जना इन्जिनियरको मृत्यु भएको छ ।

प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार आइतबार अपराह्न भएको घटनामा माछापुच्छ्रे मेटल एन्ड मेकानिकल कम्पनीका इन्जिनियर २६ वर्षीय सुवासराज रेग्मी र कन्सल्ट्यान्ट इन्जिनियर २९ वर्षीय अर्जुन थापाको मृत्यु भएको हो ।

८६ मेगावाटको सोलुखोला दूधकोसी जलविद्युत् आयोजना परीक्षणका क्रममा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ। घटनामा इन्जिनियरद्वय अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रेका २९ वर्षीय अर्जुन थापाको मृत्यु भएको हो । परीक्षणका क्रममा पाइपमा पानी हालेपछि विष्फोटसहित जोडिएको भाग छुटिएर घटना भएको हो । प्रहरी स्रोतका अनुसार अनुसार रेग्मी अछाम र थापा काभ्रेका हुन् ।

घटनामा हाइड्रो मेकानिकल कम्पनीका प्रोजेक्ट म्यानेजर विराटनगरका मोहम्मद राइन घाइते छन् । उनलाई आइतबार नै हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । उनको अहिले ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

दुबैको शव पोस्टमार्टमका लागि सोमबार बिहान हेलिकप्टरबाट त्रिवि शिक्षण ल्याईएको स्रोतले बताएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...