काठमाडौं : समृद्धि फाइनान्स र नेपाल पेमेन्ट सोलुसन प्रा.लि बीच वालेट प्रयोग सम्बन्धीे सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापछि फाइनान्सका ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन सँग आवद्ध विभिन्न २२ वटा वालेटहरु बाट निःशुल्क फण्ड ट्रान्सफरको सुविधा प्रयोग गर्न पाउनेछन् ।
फाइनान्सको शाखा कार्यालय पुतलीसडक काठमाण्डौमामा एक कार्यक्रमकाबीच सम्झौता भएको हो । फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत टिकानिधि लोहनी र नेपाल पेमेन्ट सोलुसनका तर्फबाट चिप एक्सपिरियन्स अफिसर प्रताप श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
समृद्धि फाइनान्सले बचत खातामा उच्चतम् व्याजदरमा निक्षेप संकलन गरिरहेको छ । सामान्य बचत खातामा ७.५ प्रतिशत व्याज प्रदान गरेको छ जुन सामान्य बचत खातामा बैंक तथा वित्त कम्पनीमा उच्चतम व्याजदर हो ।