Admission Open

ad place

महिलामाथि हुने विभेद अन्त्यका लागि सरकार प्रतिवद्ध छ : मन्त्री रेग्मी

काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलामाथि हुने सबै प्रकारका हिंसा र विभेद अन्त्यका निम्ति सरकार प्रतिबद्ध रहेको बताएकि छिन् ।

मानव अधिकारका लागि महिला एकल महिला समूहको २७औँँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनको शुक्रबार उद्घाटन गर्दै मन्त्री रेग्मीले महिलामाथि हुने हत्या, हिंसा, बलात्कार, घरेलु हिंसालगायत सबै प्रकारका हिंसा अन्त्य गर्न सरकारले देशव्यापी अभियान नै सञ्चालन गर्ने बताइन् ।

उनले राज्यका हरेक संरचनामा महिलाको समान सहभागिताका निम्ति महिला स्वयं सक्रिय हुनुपर्ने उल्लेख गर्दै महिलालाई हरेक क्षेत्रमा नेतृत्वदायी भूमिकामा ल्याउन आफ्नोतर्फबाट सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

मन्त्री रेग्मीले महिला अधिकारसँग जोडिएका कानून निर्माण, संशोधन वा महिलाको अधिकारका निम्न काम गर्न सल्लाह-सुझाव दिन सबैमा आग्रह गरिन् ।

grand skin care center
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...