काठमाडौं : बेलायतमा पछिल्लो २४ घण्टामा १,०६,१२२ कोरोना संक्रमित थपिएका छन् । एएफपीका अनुसार बेलायतमा बिहीवार मात्रै उक्त संख्यामा संक्रमित थपिएको जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप एक जनामा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पृष्टि भएको छ । ५८ वर्षिया पुरुषमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो । संक्रमित व्यक्ति अहिले होम आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको र मन्त्रालयको निगरानीमा रहको पनि मन्त्रालयले जनाएको छ ।