Admission Open

ad place

नेपालमा थप २९३ जनामा कोरोना संक्रमण पुष्टि, २६३ जना संक्रमणमुक्त र २ जनाको निधन

काठमाडौं, ८ पुस : गएको २४ घण्टामा नेपालमा थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ ।

मन्त्रालयलका अनुसार ९ हजार ५१० जनाको पीसीआर परीक्षण गर्दा २४१ जना र २ हजार १ सय १६ जनाको एन्टीजेन परीक्षण गर्दा ५२ जना गरी २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २ जनाको मृत्‍यु भएको छ भने २६३ जना संक्रमणमुक्त भएको पनि मन्त्रालयलले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २२ हजार ७५६ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५८१ पुगेको छ भने ८ लाख ९ हजार ९२२ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार १६१ जना रहेका र ४ हजार ९१० जना होम आइसोलेसनमा रहेका छन् भने २५१ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने कोरोनाका बिरामीमध्ये ९६ जना आईसीयू र २२ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

टिप्पणिहरु
Loading...