जनकपुर : नेपाली कांग्रेस प्रदेश नम्बर २ को नेतृत्वका चयनका लागि मतदान शुरु भएको छ। बुधबार नै मतदान हुने कार्यतालिका रहे पनि मतपत्र छपाईमा ढिलाइ भएकोले आज बिहानदेखि गोपाल धर्मशालामा मतदान सुरू भएको निर्वाचन समितिले जनाएको छ ।
सहमतिमा नेतृत्व टुङ्गो लगाउने प्रयास असफल भएपछि दुई समूह छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका हुन् ।
पदाधिकारीसहित ७२ सदस्यीय प्रदेश समितिका लागि १ सय ७४ जनाले उम्मेदवारी दिएका थिए । जसमध्ये ५ जना सदस्य बुधबार नैनिर्विरोध निर्वाचित भएका छन् ।
प्रदेशको सभापति पदमा पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट कृष्णप्रसाद यादव र शेखर कोइरालाको समर्थनमा विमलेन्द्र निधिनिकट रामसरोज यादव चुनावी मैदानमा छन् ।