Admission Open

ad place

शेखर गोल्छामाथि गम्भीर आरोप ! सम्पत्ती सुद्धीकरणले छानबिन गर्नुपर्ने माग

काठमाडौं : निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छामाथि गम्भीर आरोप लागेको छ । प्रतिनिधिसभा बैठकमै उनीमाथि प्रश्न उठाउँदै छानबिन गर्नुपर्नेमा जोड दिइएको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का नेता तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले गोल्छाले ७६ करोड रुपैयाँ भ्याट छलि गरेको समाचार आएको बताउँदै छानबिन गर्नुपर्ने बताए ।

गोल्छाले स्रोत नखुलेको कम्पनीमा विदेशमा लगानी गरेको बताउँदै सांसद सुवालले सम्पत्ती सुद्धीकरणले गोल्छामाथि छानबिन गर्नुपर्ने माग गरेका छन् ।

एमसिसी सम्झौताबारे छलफल भइरहेको बेला छलफल गर्नेहरुलाई गोल्छाले खोक्रो राष्ट्रवाद भनी आरोप लगाएको स्मरण गर्दै सुवालले महासंघको अध्यक्षले त्यसरी बोल्न नमिल्ने धारणा राखे ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...