Admission Open

ad place

जनकपुरधाम विवाहपञ्चमी महोत्सवअन्तर्गत तेस्रो दिन आज धनुष यज्ञ मनाईँदैछ

जनकपुरधाम : २३  मंसिर सम्म चल्ने विवाहपञ्चमी महोत्सवअन्तर्गत तेस्रो दिन आज धनुष यज्ञ मनाईँदैछ । त्यस्तै हिजो
दोस्रो दिन शनिबार फूलबारी लीला मनाइएको थियो ।

फूलबारी लीलामा फूलबारीमा भगवान् राम र लक्ष्मणको प्रतिकका रूपमा एक जोडा बालबालिकालाई विवाहमण्डप प्राङ्गणमा रहेको फूलबारीमा घुमाइन्छ । सप्ताहव्यापी मनाइने महोत्सवको पहिलो दिन शुक्रबार नगरदर्शन सम्पन्न भएको थियो ।

त्रेता युगमा राम र लक्ष्मण जनकपुर आएको बेला फूलबारीमा घुम्न जाँदा सखीसहेलीसँग फूल टिप्न आएकी जानकीसँग पहिलो भेट भएको धार्मिक विश्वास रहेको छ ।

सोही अनुसार विवाहपञ्चमी महोत्सवमा दोस्रो दिन फूलबारी लीलामा घुमाउँदै राम लक्ष्मण र सीताको भेटघाट गराउने चलन रहेको जानकी मन्दिरका छोटा महन्त रोशन दासले बताए ।

२३  मंसिर सम्म चल्ने विवाहपञ्चमी महोत्सवमा अन्तर्गत तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौँ औ दिन मटकोर, छटौं दिन स्वयंवर र विवाह सातौँ दिन  रामकलेवा हुनेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...