काठमाडौं, १५ मंसिर : विगत २४ घण्टामा नेपालमा थप ३१६ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार देशभर १२ हजार ७२७ नमुना परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा २५९ जना भने निको भएका छन् भने ३ जानाको मृत्यु भएको छ ।
बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १७ हजार १८० पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५२९ पुगेको पनि मन्त्रालयले जनाएको छ । त्यस्तै ८ लाख ३ हजार १६८ जना संक्रमणमुक्त भएका छन् ।