Admission Open

ad place

स्प्राइटद्वारा ४ भाग्यशाली विजेतालाई बजाज पल्सर (१२५ सीसी) मोटरसाइकल हस्तान्तरण

काठमाडौं, १५ मंसिर : लोकप्रिय लेमन–लाइम पेय पदार्थ स्प्राइटकोे “स्क्रिन टाइम प्रमोशनल अभियान” अन्तर्गत “चिलिंगको स्टार्ट, मोबाइल र स्प्राइटको साथ” शीर्षकको क्याम्पेनको समापन भएको छ । समापनको अवसरमा स्प्राइटले ४ जना भाग्यशाली विजेताहरुलाई एक–एक वटा बजाज पल्सर (१२५ सीसी) मोटरसाइकल हस्तान्तरण गरेको छ ।
बोट्लर्स नेपालका च्यानल मार्केटिङ म्यानेजर श्री सुमित दास ज्यु र हंसराज हुलासचन्द एन्ड को प्रा.लि.का असिस्टेन्ट जनरल म्यानेजर सुश्री पुनम सिंहले टेकु स्थित बजाज शोरुममा विजेताहरुलाई मोटरसाइकल हस्तान्तरण गर्नुभयो । त्यसै गरि विराटनगर, चितवन र हेटौँडाका विजेताहरुलाई पनि चाँडै मोटरसाइकल हस्तान्तरण गरिनेछ ।

त्यस्तै यस कार्यक्रमका बाँकी ५ जना विजेताहरुलाई ४३“ को सामसङ टि.भि. र २६३ जना विजेताहरुलाई सामसङ मोबाइल पनि प्रदान गरिएको थियो । पर्सा, वीरगन्ज, धरान, ताप्लेजुङ लगायत समग्र नेपालबाट नै उल्लेखनीय सहभागिता रहेको र सोही क्षेत्रहरुबाट विजेताहरु छनोट भएकोले यो अभियान सफलतापूर्वक सम्पन्न भएको छ ।

बजाज पल्सर १२५ सीसी विजेता श्री सौगात पुलामी ज्युले भन्नुभयो “यो क्याम्पेनमा सहभागि लाखौंँमा छनिएर मैले बाइक जितेकोमा खुशी लागेको छ। यो मेरो पहिलो बाइक भएकोले म यसलाई अत्यन्तै सम्हालेर राख्नेछु । यो पुरस्कारको लागि म स्प्राइट नेपाललाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।”

यो क्याम्पेन सेप्टेम्बर १५, २०२१ देखि नोभेम्बर ४, २०२१ सम्म सन्चालन भएको थियो । यो क्याम्पेन दिनको महत्वपूर्ण समयमा युवाहरुलाई रिफ्रेश हुन प्रेरित गर्ने उद्धेश्यको साथ शुरु गरिएको स्प्राइटको “क्लियर छ “ क्याम्पेनको एउटा हिस्सा थियो । यो क्याम्पेनको टि.भि.सी.मा अनमोल के.सी. लाई छायांकन गरिएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...