Admission Open

ad place

सर्वोच्चमा आजदेखि गोला प्रथा प्रक्रियाद्वारा पेसी

काठमाडौं, १५ मंसिर : सर्वोच्च अदालतमा आजदेखि गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिएको छ । यसरी गोलाप्रथा तोकिने भएपछि कात्तिक ८ गतेदेखि इजलास बहिष्कार गरेका सर्वोच्चका न्यायाधीशहरू पनि इजलासमा फर्किँने भएका छन् ।

पहिलो दिन आज दुईवटा एकल इजलाससहित कुल १० वटा इजलास गठन भएका छन् ।

गोला प्रक्रियाबाट तोकिएको इजलासमा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासमा न्यायाधीश टंकबहादुर मोक्तान परेका छन् ।

गत कात्तिक १४ गतेदेखि नेपाल बारसहित सर्वोच्चका कानुन व्यावसायिहरु प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजिनामा माग्दै आन्दोलनरत छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...