काठमाडौं : सुनचाँदी बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेर ९३ हजार ९ सय रुपैयाँतोकिएको छ । पहेँलो धातु आइतबार प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार ४ सय रुप्ैयाँ कायम भएको छ जसको मूल्य आइतबार प्रतितोला ९३ हजार २ सय थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० रुपैयाँले बढेर एक हजार २ सय ७० रुपैयाँ पुगेकोे महासङ्घले जनाएको छ ।
चाँदी आइतबार प्रतितोला एक हजार २ सय ६० रुपैयाँमा कारोबार भएको थियो । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको काारोबार मूल्य तोक्दै आएको छ ।



