
काठमाडौं : सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९४ हजार ४ सयमा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला ७ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार २ सय रुपैयाा कायम भएको छ जसको मूल्य गत शुक्रबार प्रतितोला ९३ हजार ९ सय तोकिएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर एक हजार २६० तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८४६ डलर आसपास कारोबार भइरहेको छ ।


