Admission Open

ad place

९ हजार १ सय ४९ जनामा परीक्षण गर्दा ३७७ संक्रमित, १७० जना निको, ४ को निधन

 

काठमाडौं, ३० कात्तिक : नेपालमा पछिल्लो २४ घण्टामा ३७७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

पीसीआर र एन्टिजेन गरी ९ हजा् १ सय ४९ जनामा गरिएको परीक्षणबाट ३७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ भने १७० जना निको भएका छन् ।

योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ४८२ पुगेको छ भने ७ लाख ९८ हजार ७१४ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ४७६ जना रहेका छन् । जसमध्ये ६ हजार ९८४ जना होम आइसोलेसनमा रहेका छन् भने ४९२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २१९ जना आईसीयू र ५९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका १० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २४ जना कोरोना संक्रमित थपिएका छन् ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...