Admission Open

ad place

कार्यालय समयमा चालक अनुमतिपत्रको अनलाइन आवेदन भर्न नपाइने

Flat man driver license plastic card template, id card vector illustration.

काठमाडौं : सेवाग्राहीले कार्यालयका समयमा चालक अनुमतिपत्रको अनलाइन आवेदन भर्न नपाउने भएका छन् । प्रणालीमा चाप बढी भएकाले तत्कालका लागि बिहान १० देखि अपराह्न ५ बजेसम्मका लागि सेवा चालु नगरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

देशभरका यातायात व्यवस्था कार्यालयहरूले यही प्रणालीबाट काम गर्ने र सेवाग्राहीले फारम भर्दा दोहोरो लोड भएको विभागका प्रवक्ता डा लोकनाथ भुषालले बताए । उनका अनुसार अहिले प्राविधिकले लोड ब्यालेन्सका लागि काम गरिरहेका छन् । उनले भने, “यो साता सेवाग्राहीले बिहान र साँझ मात्रै फारम भर्न पाउनुहुन्छ ।”

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...