नेपाली माला - खबरै खबरको माला, नेपाली माला
२३ मंसिर २०८२, सोमबार
नेपाली माला - खबरै खबरको माला, नेपाली माला

काठमाडौँ : घरेलु ब्रान्ड श्री बालाजी डायमण्ड्सले नोभेम्बर १ देखि ३० तारिखसम्मको मेगा गिभअवेमा सहभागी हुन ग्राहकहरूलाई प्रोत्साहन गर्न एकसाथ सहकार्य गरेको छ ।
चाडपर्वको उत्सवमा, गुलाफी, बिउटी र वेलनेस उत्पादनका लागि एक स्टप शप, इन्डो–एथनिक पहिरनका लागि परिचित अजिइजा एटेलियर र हिरा एवम् सुनको क्षेत्रको सो ब्राण्डले यस्तो सहकार्य गरेको हो ।
कोरोना भाइरसको महामारीबाट गुज्रिरहेको अवस्थामा सकारात्मकताको सन्देश फैलाउने अठोटका साथ तीनवटा ब्रान्डहरूले इन्स्टाग्रामको नेतृत्वको अभियानमार्फत सहभागीहरूलाई अनुभव साट्न अनुरोध गर्दै सहकार्य गरेका हुन् ।
सो अभियानमा एक जना भाग्यशाली विजेताले एक लाख ११ हजार रुपैयाँ बराबरको सामान र बहुमूल्य वस्तुहरू जितेर आफुलाई आउने विवाहको सिजनको लागि तयार गर्न सक्ने बताइएको छ ।
उक्त अभियानमा श्री बालाजी डायमन्ड्सले हिराको झुम्का सेट, अजिइजा एटेलियरले गुलाबी र हरियो गरारा सेट र गुलाफीले उत्कृष्ट ब्रान्डहरूबाट स्किनकेयर र कस्मेटिक्सहरू उपलब्ध गराउने दावी गरिएको छ । जसले विवाह र उत्सवको लागि तयार हुन मद्दत पुर्याउने विश्वास लिएको सहभागी कम्पनीहरूले जनाएको छ ।
एक भाग्यशाली विजेताले आगामी विवाह सिजनको लागि तयार हुन सबै ३ वटै ब्रान्डहरूबाट उपहारहरू जित्नेछन् । गुलाफीबाट उच्च गुणस्तरको बिउटी र वेलनेस उत्पादनहरू, अजीइजाको तर्फबाट इन्डो–एथनिक लेहेंगा र एसबीडीको तर्फबाट गहनाहरूको सेट प्राप्त हुनेछ ।
मंसिर १५ गते लक्की ड्र मार्फत गुलाफीको इन्स्टाग्राममा विजेताहरूको घोषणा गरिने कम्पनीले जनाएको छ ।