Admission Open

ad place

राष्ट्रपतिद्वारा अस्ताउँदो सूर्यलाई अर्घ दिएर कमलपोखरीमा छठ पूजा

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वको अवसरमा आज अपराह्न काठमाडौँको कमलपोखरी पुगेर सूर्यलाई अघ्र्य दिई पूजाअर्चना गरेकि छिन् ।

काठमाडौं महानगरपालिकाद्वारा आयोजित छठ पूजा समारोहमा सरिक भएकी राष्ट्रपति भण्डारीले छठीमाईको समेत दर्शन गरिन् । काठमाडौं महानगरपालिका–१ का अध्यक्ष भरतलाल श्रेष्ठले बुधबार राष्ट्रपति भण्डारीबाट पूजाअर्चनाबाहेकका अन्य कार्यक्रम यसपटक नगरिएको जानकारी दिए ।

छठ पर्वका अवसरमा यहाँ राष्ट्रप्रमुखबाट नियमितजसो नै कमलपोखरीको भ्रमण गरी पूजाअर्चना हुने गरेको छ । छठ पर्वका लागि कमलपोखरीलाई झकिझकाउ पारिएको छ ।

अहिले यहाँ अस्ताउँदो सूर्यलाई अर्घ दिने व्रतालुको ठूलो भीड छ । भौतिक पूर्वाधार निर्माण गरिएको र पोखरीसमेत सफाइ गरिएकाले यसपालि कमलपोखरी आकर्षक बनेको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...