Admission Open

ad place

नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं : पछिल्लो २४ घण्टामा ४ सय ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले छ हजार ८ सय १४ जनामा नमुना परीक्षण गर्दा सो सङ्ख्यामा संक्रमण पुष्टि भएको जानकारी दिए । बुधबार थपिएकासँगै देशभर सक्रिय संक्रमित सात हजार ५ सय १९ रहेको उनले बताए । नेपालमा संक्रमण दर १८.२ प्रतिशत पुगेको छ ।

प्रवक्ता पौडेलका अनुसार ५ सय भन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौं र ललितपुर तथा २सय भन्दा बढी सङ्क्रमित भएका जिल्ला नौ छन् । ती जिल्लामा मोरङ, सुनसरी, झापा, भक्तपुर, कास्की, पूर्वी नवलपरासी, रुपन्देही, बाँके र कैलाली छन् ।

संक्रमित शून्य जिल्ला दुई

उनले आज संक्रमति शून्य रहेका जिल्ला दुई रहेको बताए । उनका अनुसार हुम्ला र मुगुमा संक्रमित सङ्ख्या शून्य रहेका छ । पछिल्लो २४ घण्टामा ४ सय ७४ जना संक्रमण मुक्त लिई घर फर्किएका छन् । योसँगै अहिलेसम्म नेपालमा संक्रमणबाट मुक्त हुनेको सङ्ख्या सात लाख ९६ हजार ७ सय ८० रहेको छ । नेपालमा संक्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको छ ।

मन्त्रालयका प्रवक्ता डा पौडेलका अनुसार कोरोना संक्रमणबाट आज ६ जनाको मृत्यु भएको छ । हालसम्म संक्रमणबाट ११ हजार ४ सय ६० को मृत्यु भएको छ । मङ्गलबार एक जनाको मृत्यु भएको थियो ।

होमआइसोलेसशन सात हजार पाँच, संस्थागत आइसोलेशनमा ५ सय १४, सघन उपचार कक्ष (आइसियु)मा १ सय ८९ र भेन्टिलेटरमा ५३ जना छन् । यस्तै आज १६ हजार ५ सय २९ ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । आज लगाएकासँगै हालसम्म ८७ लाख ५० हजार ९ सय ६० ले पहिलो मात्रा र ७४ लाख ८२ हजार १ सय ९५ ले पूर्ण मात्राको खोप लगाएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...