काठमाडौँ, २० शनिबार
आईसीसी टि-२० विश्वकप अन्तर्गत शुक्रबार भएको सुपर-१२ चरणको समुह ‘२’ अन्तर्गतको खेलमा भारतले स्कटल्याण्डलाई ८ विकेटले पराजित गरेको छ ।
दुबई अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर ब्याटिंगको निम्तो पाएको स्कटल्याण्डले १७.४ ओभरमा ८५ रन बनाएको थियो। उसको लागि जर्ज मुनसेले सर्वाधिक २४ रन, माइकल लिस्कले २१, कलम म्याकलोयडले १६ तथा मार्क वाटले १४ रन बनाए।
स्कटल्याण्डले दिएको ८६ रनको लक्ष्य भारतले मात्र ६.३ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो। ८१ बल बाँकी रहँदैको जित भारतको लागी बल बाँकी रहेको आधारमा टि-ट्वान्टी अन्तर्राष्ट्रिय इतिहासकै सबैभन्दा ठूलो जित हो।
भारतको जितमा केएल राहुलले सर्वाधिक ५० रन बनाए जुन क्रममा १९ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। उनले मात्र १८ बलमा अर्धशतक पुरा गरेका थिए जुन टि-२० अन्तर्राष्ट्रियमा युवराज सिंहको १२ बलको अर्धशतक पछि दोश्रो छिटो अर्धशतक हो। यस्तै रोहित शर्माले १६ बलमा ५ चौका र १ छक्का मद्दतले ३० रन बनाए। रोहित र राहुलले मात्र ५ ओभरमा ७० रनको साझेदारी गरे।
भारतीय बलर रभीन्द्र जडेजाले व्यक्तिगत उत्कृस्ट स्पेल दर्ता गर्ने क्रममा सर्वाधिक ३ विकेट लिए। यस्तै मोहम्मद शामीले पनि ३ विकेट, जस्प्रित बुम्राहले २ तथा रभीचन्द्रन आश्विनले १ विकेट लिए।
स्कटल्यान्डका लागि ब्राड ह्वील र मार्क वाट्टले समान एक–एक विकेट लिएका थिए।
यो जितपछि भारतले चार खेलबाट चार अंक जोडेको छ। भारतले दुई खेलमा जित र दुई खेलमा हार व्यहोरेको छ।
यो समूहबाट चार खेल जित्दै पाकिस्तान सेमिफाइनलमा यसअघिनै पुगिसकेको छ। चारमध्ये तीन खेल जितेको न्यूजिल्यान्ड दोस्रो स्थानमा छ। समान २ खेल जितेको अफगानिस्तानको पनि चार खेलमा चार अंक छ। तर रन रेटमा भारतले उछिनेको छ। स्कटल्यान्डले चारै खेलमा हार व्यहोरेर बाहिरिसकेको छ।
यदी न्युजिल्यान्डले अफगानिस्तानलाई पराजित गरेको खण्डमा न्युजिल्यान्ड ८ अंक सहित सेमीफाइनल प्रवेश गर्नेछ। यदी अफगानिस्तानले न्युजिल्यान्डलाई पराजित गर्यो र साथै भारत पनि नामिबियालाई पराजित गरेको खण्डमा न्युजिल्यान्ड बाहिर हुनेछ भने अफगानिस्तान र भारत मध्ये नेट रन रेटमा अघि हुने टिम सेमीफाइनल पुग्नेछ। न्युजिल्यान्डको नेट रन रेट ( +१.२७७ ) , अफगानिस्तान ( +१.४८१ ) र भारतको भन्दा कम हुँदा न्युजिल्यान्ड सेमीफाइनल पुग्न अफगानिस्तानलाई पराजित गर्नु बाहेक बिकल्प छैन।