काठमाडौं : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २३।७६ अंकले बढेर २ हजार ८४३।६२ मा पुगेको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २।८४ अंकले बढेर ५३१।४२ मा पुगेको छ । कूल २ सय ३० कम्पनीको ९९ लाख ७७ हजार ४ सय ८३ कित्ता शेयर ६ अर्ब ७ करोड ३७ लाख १६ हजार ८ सय ८८ रुपैयाँ मूल्यमा खरिद बिक्री भए । आजको कारोबारपछि बजार पूँजीकरण ३९ खर्ब ९८ अर्ब ७२ करोड ९४ लाख ५० हजार रुपैयाँको हाराहारीमा पुगेको छ ।
कारोबार भएका १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर ओरालो लागेको छ भने १० उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ०।२३, व्यापार ६९ र लगानी ०।१५ अंकले घटेको छ । होटल तथा पर्यटन ४१।७३, विकास बैंक १९१।३३, जलविद्युत् ४८।१५, वित्त ४८।१२, निर्जीवन बीमा १६४।९९, उत्पादन २९।१७, अन्य ७२।०५, लघुवित्त ०।७९, जीवन बीमा १६०।८१ र सामूहिक लगानी कोष ०।०२ अङ्कले बढेको छ ।
कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको ४६ करोड ९७ लाख २३ हजार ४ सय १५ रुपैयाँ बराबरको कारोबार भयो । यस्तै, कामना सेवा विकास बैंक २२ करोड १६ लाख ८० हजार ९ सय ९६ रुपैयाँ, नेपाल पुनरबीमा कम्पनी २१ करोड ३४ लाख ८ हजार ४ सय ६, नबिल बैंक २१ करोड १७ लाख ८६ हजार ५ सय ४० रुपैयाँ र लुम्बिनी विकास बैंक २० करोड ७४ लाख ६९ हजार ८ सय २४ रुपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
नेप्सेका अनुसार साहस ऊर्जा ९।९९, गुडविल फाइनान्स ९।१६, नेपाल पुनरबीमा कम्पनी ८।६८, कालिका पावर कम्पनी ८।२८ र रिडी हाइड्रोपावरका लगानीकर्ताले ८।२५ प्रतिशतले कमाए । त्यस्तै, विशाल बजार कम्पनी २।९५, नेपाल बङ्गलादेश बैंक २।७५, आरएमडिसी लघुवित्त २।६६, सामुदायिक लघुवित्त २।४२ र इन्फिनिटी लघुवित्तका लगानीकर्ताले २१३ प्रतिशतले गुमाए ।