Admission Open

ad place

भेढहा खोलामा पुल निर्माण थालिँदै   

वीरगञ्ज, १६ कात्तिक  :  पर्साको वीरगञ्ज महानगरपालिका–२८ बगही र वडा नं २९ रतनपुरलाई जोड्ने भेढहा खोलामा पक्की पुल निमार्ण थालिएको छ । प्रदेश नं २ सरकारको भौतिक पूर्वधार विकास मन्त्रालयको चालु आर्थिक वर्ष २०७८÷७९ को विनियोजित बजेटअन्तर्गत कूल रु एक करोडको लागतमा उक्त पुल निर्माण हुन लागेको हो ।

पुल निर्माण भएपछि पर्साको पर्सागढी नगरपालिकाका सबै वडा र वीरगञ्ज महानगरपालिकाको वडा नं २८, २९, ३०, ३१ का स्थानीयवासी लाभान्वित हुनेछन् । लामो समयदेखि पुल निर्माणका लागि स्थानीयवासीले माग गर्दै आएका थिए । भौतिक पूर्वाधार विकास मन्त्रालयले बजेट छुट्याएपछि पुल निर्माणको काम अघि बढेको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...